झापा । एमबीबीएसका विद्यार्थीले सिरिन्ज हानेर झापामा एक वृद्धको हत्या गरिएको छ ।
सिरहाका २७ वर्षीय दीपेशकुमार सिंहले झापाको भद्रपुर–१० का ६६ वर्षीय खेमराज ढकालको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिरिन्ज प्रहार गर्ने सिंह धरानमा बसेर एमबीबीएस चौथो वर्षमा पढ्ने विद्यार्थी हुन् । उनी बुधबार भद्रपुर पुगेर होटेलमा बास बसेका थिए ।
बिहीबार साँझ ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज रोपेका थिए । र, त्यसमा भरिएको रसायन शरीरभित्र पठाएका थिए । उक्त रसायन के थियो भन्नेबारे अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
उनका अनुसार, सिरिन्ज प्रहार गर्ने सिंह र ढकालकी छोरी एउटै कलेजका विद्यार्थी हुन् । उनीहरूबीचको रिसइबीका कारण यो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।

FACEBOOK COMMENTS