काठमार्डौं । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले दुई तिहाई बहुमतसहित सरकर बनाउने निश्चित भएको छ ।
रहमानलाई छिमेकी देश भारत पाकिस्तानले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विजयले बंगलादेशका जनताको तारिक रहमानको नेतृत्वमा विश्वासलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।
उनले भने– ’भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा उभिनेछ। म तपाईं (तारिक रहमान) सँग हाम्रो बहुआयामिक सम्बन्धलाई सुदृढ पार्न र हाम्रा साझा विकास लक्ष्यहरूलाई अगाडि बढाउन काम गर्न तत्पर छु ।’
बंगलादेशमा जारी मतगणनाको प्रवृत्तिले बीएनपी नेतृत्वको गठबन्धनको लागि ठूलो विजयलाई संकेत गरेको छ ।
त्यस्तै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले बंगलादेशमा भएको आम चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को “ठूलो विजय“ मा तारिक रहमानलाई बधाई दिएका छन् । राष्ट्रपतिले भनेका छन्– ’राष्ट्रपति आसिफ अली जरदारीले बीएनपीको ठूलो विजयमा तारिक रहमानलाई बधाई दिएका छन् र बंगलादेशका जनतालाई सफल र शान्तिपूर्ण चुनावको कामना गरेका छन् ।’

३०० सिट मध्ये अहिलेसम्म घोषणा भएका २४९ सिटमा बीएनपीले १८१ सिटमा जित हासिल गरेको छ । त्यस्तै जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११–दलीय गठबन्धनले अहिलेसम्म ६१ सिट मात्र जितेको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ७ सिट जितेका छन् । अझै ५० स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।

FACEBOOK COMMENTS