काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दललाई अनुदान दिने व्यवस्था गर्ने भएको छ ।
आगामी निर्वाचनमार्फत दुईतिहाइ बहुमत पाइ सरकार बनाएको खण्डमा सो पार्टीले जनमतका आधारमा राजनीतिक दलहरूलाई पैसा बाँड्नेगरी कानुन बनाउने प्रतिवद्धता व्यक्त गरेको हो ।
यस्तो छ, रास्वपाको प्रतिवद्धता–
दलहरूलाई सरकारी अनुदान: राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई प्राप्त जनमतको आधारमा सार्वजनिक कोषबाट वार्षिक अनुदान दिने व्यवस्था गरिने छ ।
कानुनी संशोधन: बारम्बार एउटै व्यक्ति निर्वाचित हुने प्रवृत्ति, पैसाको दुरुपयोग र अस्वस्थ प्रतिस्पर्धाले लोकतन्त्र र सुशासनमा गम्भीर असर पुर्याएको ठहर गर्दै राजनीतिक दलसम्बन्धी ऐन, प्रतिनिधिसभा निर्वाचन ऐन र अन्य आवश्यक कानुनहरू संशोधन गरिनेछ ।

नेतृत्वको कार्यकाल सीमा: पार्टीमा पुस्तान्तरण सुनिश्चित गर्नका लागि पार्टी प्रमुखको पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरिनेछ ।

FACEBOOK COMMENTS