काठमाडौं । केहि दिन अगाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन् ।
राणा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-५ बाट रास्वपाका उम्मेदवार बन्ने तयारीमा थिए । राणा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट काठमाडौँ- ५ को उम्मेदवार बनेर ५ हजार ४७७ मत प्राप्त गर्दै तेस्रो भएका थिए ।
रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए ।
त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ३ मा बलियो प्रभाव रहेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।

FACEBOOK COMMENTS