काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जारी पु्ँजीको १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय, ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीका लागि, २ लाख ८१ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोष, २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ।
बाँकी रहेको ४५ करोड रुपैयाँको ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अन्सार आवेदन नपरेमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य दिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन ।

FACEBOOK COMMENTS