काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ६ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन १० अंकले बढेको नेप्से सूचक आज थप ६.०३ अंकले बढ्दै २ हजार ६५४.९३ अंकमा उक्लिएको हो ।
तथापि, आज कारोबार भने ४ अर्ब १७ करोड ४६ लाख रूपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले जनाएको छ । अघिल्लो दिन १० अंकले सूचक बढेको बजारमा ४ अर्ब २३ करोड २४ लाख रूपैयाँ बराबरको कारोबार भएको थियो ।
आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।
FACEBOOK COMMENTS