काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार नरेन्द्र केसीले समर्थन गरेका छन् ।
आज दुवै दलका उम्मेदवारहरुले संयुक्त पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार केसीले रुकुमको समग्र विकासमा टेवा पुर्याउन आफ्नो उम्मेदवारी निष्कृय गराएको र प्रलोपा उम्मेदवार शर्मालाई समर्थन गरेको जानकारी दिए ।
यसअघि एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । अब निर्वाचनको मैदानमा प्रलोपाका नेता जनार्दन शर्मासहित नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेपाली कांग्रेसका राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही छन् । पत्रकार सम्मेलनमा शर्माले प्रलोपा नेता शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको नमूना बनाउने बताए ।
FACEBOOK COMMENTS