काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनपछि काँग्रेस सबैभन्दा ठूलो बन्ने दाबी गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति शर्माले चुनावका क्रममा देखिएको माहोलबाट काँग्रेस सबै भन्दा ठुलो दल बन्ने दाबी गरेका हुन् ।
छोटो समयमा काँग्रेसले आफ्ना कुरा मतदाता समक्ष राखेको र पार्टीका नेता कार्यकर्ता र मतदातामा बदलिएको काँग्रेस बारे विशेष उत्साह देखिएको उनले बताए ।
साथै उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो शक्ति बताए । उनले भने- ‘काँग्रेसले विगतमा भन्दा तुलनात्मक रुपले आफुलाई व्यवस्थित रुपमा अगाडी सारेको र त्यसको परिणामको रुपमा निर्वाचनमा देखिदैछ । काँग्रेसमा देखिएको उर्जा, पार्टीप्रति देखिएको विश्वास, उम्मेदवार दर्तादेखि वडा तह, पालिका तह र केन्द्रदेखि हजारौंको संख्यामा प्रवेश गरेकोबाट काँग्रेस अहिलेको विषम परिस्थितिमा सम्हाल्न सक्ने अवस्थामा पुगेको छ ।’
उपसभापति शर्माले सबै दललाई चुनावलाई स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन् ।


FACEBOOK COMMENTS