काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको मत गणनाको प्रारम्भिक मतपरिणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)हावी भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित देशका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।
रास्वपाले मतगणना सुरु भएकामध्ये ३२ स्थानमा अग्रता लिएको छ । चितवन– २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा– ५ मा वरिष्ठ नेता बालेन शाहले अग्रता लिएका छन् ।
रास्वपाबाट काठमाडौं– १ मा रञ्जु दर्शना, काठमाडौं– २ मा सुनिल केसी, काठमाडौं– ३ मा राजुनाथ पाण्डे, काठमाडौं– ४ मा पुकार बम, काठमाडौं– ५ मा सस्मित पोखरेल, काठमाडौं– ७ मा गणेश पराजुली, काठमाडौं– ८ विराजभक्त महर्जन, काठमाडौं– १० मा प्रदीप विष्टले अग्रता लिएका छन् ।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर– १ मा रुकेश रञ्जित र भक्तपुर– २ मा राजीव खत्रीले अग्रता लिएका छन् । ललितपुर– २ मा जगदीश खरेलले पनि अग्रता लिएका छन् ।
त्यस्तै, मोरङ– १ मा यज्ञमणि न्यौपाने, मोरङ– ४ मा सन्तोष राजवंशी, मोरङ– ५ मा आशा झा, धनुषा– ३ मा मनिष झा, रौतहट– ४ मा गणेश पौडेल, बारा– ३ मा अरविन्द साह, चितवन– ३ मा सोविता गौतम, कास्की– १ मा खड्कराज पौडेल, कास्की– २ मा उत्तमप्रसाद पौडेल कास्की– ३ मा बिना गुरुङ, रुपन्देही– २ मा सुलभ खरेल, रुपन्देही– ३ मा लेखजंग थापाले अग्रता लिएका छन् ।

दाङ– १ मा देवराज पाठक, बाँके– १ मा सुरेशकुमार चौधरी, बाँके– ३ मा खगेन्द्र सुनार र कञ्चनपुर– २ मा दीपकराज बोहराले अग्रता लिएका छन् ।

FACEBOOK COMMENTS