काठमाडौं । नेपाली सेनाको प्राविधिक अधिकृत आधार तालिम सम्पन्न गरेका ९६ जना प्राविधिक उप सेनानीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक प्राड सेवा, सैनिक प्राविधिक सेवा, सैनिक हवाई सेवा र सैनिक विविध सेवा तर्फका प्राविधिक अधिकृतहरूले नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा गत मङ्सिर १६ गतेदेखि फाल्गुण २५ गतेसम्म सञ्चालन भएको सिसं ३६ प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।
समारोहमा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै दज्र्यानी चिन्ह प्राप्त गर्ने अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।
FACEBOOK COMMENTS