काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिने भन्दा महाधिवेशनमा चाँडो जाने विषयमा निर्णय गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताएका छन् । यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।
उनले भनेका छन्, ‘नैतिकता त नेपाली राजनीतिमा प्राय: मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ ।’
उनले समस्या देखेर भाग्ने भन्दा उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएकाले नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव भएको तर इच्छाशक्ति र साहस जरुरी रहेको बताएका छन् ।


FACEBOOK COMMENTS