काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि हिजो सोमबार खुलेको शेयरबजारमा १६२.९३ अङ्कको उछाल आएको थियो । निर्वाचन परिणाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा आएपछि बजारमा उछाल देखिएको चर्चा चल्यो ।
तर, उक्त चर्चा एक दिन पनि स्थायित्व पाउन सकेन र शेयरबजारमा आज ३२.०८ अङ्कको करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मंगलबार ३२.०८ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ८४३ दशमलव ३५ विन्दुमा ओर्लिएको छ ।
आज ३२९ वटा कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर दुई लाख पाँच हजार ६११ पटक खरिदबिक्री हुँदा कुल २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँको बारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्ससहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चारवटै इन्डेक्समा ०.८९ देखि १.१४ प्रतिशतसम्मको गिरावट आएको छ ।
यस्तै, १३ वटामध्ये जीवन बीमा, निर्जीवन बीमा र म्युच्युअल फण्डबाहेक सबै उपसूचकहरू घटेका छन् । आज सबैभन्दा बढी ट्रेडिङ इन्डेक्समा २.१२ प्रतिशतको गिरावट आएको छ ।

FACEBOOK COMMENTS