काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ । बिहीबार कास्कीमा आयोजित निर्वाचन समीक्षा बैठकमा बोल्ने क्रममा उनी अचानक ढलेका थिए ।
हृदयघात भएर बैठकमै ढलेका थापालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । परीक्षणका क्रममा उनलाई हृदयघात भएको चिकित्सकले पुष्टि गरेका छन् ।
अस्पतालमा भर्ना गरिएका थापाको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले बताए ।
FACEBOOK COMMENTS