काठमाडौं । नेपाल –ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ ।
लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ । यसमा ७ हजार एमएएच् क्षमताको ब्याट्री रहेको छ ।
जसलाई ४५डब्लु सुपरभूक टिएम फास्ट चार्जिङ ले समर्थन गर्दछ, जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पुर्याउँछ । साथै, यसमा १२० एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मूथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ ।
ओपो ए–६ को अर्को प्रमुख विशेषता अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी क्षमता हो, जसलाई आइपी६९ वाटर तथा डस्ट रेसिस्टेन्स ले समर्थन गर्दछ । यसले प्रयोगकर्तालाई पानीभित्र समेत फोटो तथा भिडियो खिच्न सक्षम बनाउँछ।
नेपालमा यो स्मार्टफोन ८जिबी + २५६जिबी भेरियन्टमा ३८ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध रहेको छ । ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्टसहित सून्य प्रतिशत इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् । साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकहरूले एक्सटेन्डेड वारेन्टी समेत प्राप्त गर्नेछन्। यो स्मार्टफोन साफायर ब्लु र अरोरा गोल्ड गरी दुई रंगमा उपलब्ध रहेको छ ।
FACEBOOK COMMENTS