काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ५२६५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२७० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS