काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस निर्वाचनमा वामपन्थी शक्तिलाई ६२ प्रतिशत नोक्सानी भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यसपटक वाम शक्तिलाई करिब ६२ प्रतिशत नोक्सानी परेको टिप्पणी गर्दै यसको कारण खतरा, घेराबन्दी र षड्यन्त्रजस्ता विषयको विश्लेषण र तयारी पहिले नै गरिएको हुन सक्ने बताएका छन् । उनले सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक नदेखिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘काकाको बारीको समेत हिसाब गर्दा ६२ प्रतिशत लस परेछ वाम पसललाई यो पल्ट । सुपर मार्केट नाङलो बन्यो भनेर चासो राख्न आवश्यक देखिन यसर्थ कि खतरा विष्लेषण र संस्लेषण रेडि नै होला धोका, घेराबन्दी, षडयन्त्र आदि भन्ने । सिण्डीकेट, प्रतिशोध र प्रालिको कुरा पर्दैन ।अब फिचर विनाको नोकियाको ब्राण्डिङ न हो ।’
FACEBOOK COMMENTS