काठमाडौं । माउन्टेन डिउले आफ्नो साहसका शिखरहरूअभियानमार्फत ठूलो उपलब्धि हासिल गर्दै ‘स्पाइक्स एशिया’२०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ । यसमा एक्टिभेसन श्रेणीमा ग्राण्ड प्रिक्स इनोभेसनमा सिल्भर र क्रियटिभ डाटा तथा ब्राण्ड तथा ब्राण्ड एक्सपेरियन्समा ब्रोन्ज अवार्ड समावेश छन्।
नेपाल टुरिजम बोर्डसँगको सहकार्यमा सुरु गरिएको यो अभियान डिस्क्भरी च्यानलमार्फत विश्वव्यापी रूपमा प्रवद्र्धन गरिएको थियो। नेपालमै सुरु भएको ब्रान्ड अभियानले अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान पाउनु महत्वपूर्ण उपलब्धि मानिएको छ। यस अभियानले क्यूआर प्रविधि, डिजिटल प्लेटफर्म र डारे स्कोर जस्ता नवप्रवर्तनमार्फत एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ ।
सन् २०२५ मा सुरु भएको यस अभियानले टिभी, डिजिटल र इन्फ्लुएन्सर प्लेटफर्ममार्फत करिब २ करोड मानिससम्म रिच पु–याएको छ । साथै, करिब ४ लाख माइक्रोसाइट अन्तरक्रियामार्फत प्रयोगकर्तालाई वास्तविक अभियान योजनातर्फ आकर्षित गरेको छ। यस अभियानले १०० भन्दा बढी एभरेष्ट बाहेकका अभियानहरूलाई प्रोत्साहन दिएको छ भने २००० भन्दा बढी मौसमी रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पु–याएको छ ।
पेप्सिको एरिया कन्ट्रीजका बेभरेज ब्रान्ड लिड नाफिसा नवाल खान चौधरीले भने, “साहसका शिखरहरूअभियानले माउन्टेन डिउको निडर भावनालाई झल्काउँदै प्रविधि, संस्कृति र साहसलाई एकसाथ जोडेको छ। अन्तर्राष्ट्रिय स्तरमा प्राप्त उपलब्धिले हाम्रो सिर्जनात्मक सोच र वास्तविक प्रभाव सिर्जना गर्ने लक्ष्यलाई पुष्टि गरेको छ।”
यस अभियानको फिल्मले विश्वभरका पर्वतारोहीहरूलाई प्रेरित गरिरहेको छ भने नेपालका शेर्पा तथा स्थानीय समुदायहरूको दिगो विकासमा समेत सहयोग पुर्याइरहेको छ।
FACEBOOK COMMENTS