काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयरबजारको प्रि–ओपन सेसन करिब १४ अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार प्रि–ओपन सेसनमा १३ दशमलव ९३ विन्दुले बढ्दै नेप्से परिसूचक दुइृ हजार ८९० दशमलव ९७ विन्दुमा उक्लिएको छ ।
यो सेसनमा कुल १३० वटा कम्पनीको दुई लाख २७ हजार ६१४ कित्ता शेयर ४६० पटक खरिदबिक्री हुँदा नौ करोड तीन लाख ५५ हजार रुपैयाँको कारोबार भएको छ ।
FACEBOOK COMMENTS