काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
उनीहरुलाई आज बिहान भक्तपुरबाट पक्राउ गरिएको हो । दुवै जनालाई निजी निवासबाट पक्राउ गरिएको छ ।
उनीहरुलाई अहिले परिसरमा राखिएको प्रहरीको भनाइ छ । प्रहरीले ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गौरीबहादुर कार्की अध्यक्षतामा गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बालेन शाह नेतृत्व सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS