काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक २.९२ अंकले बढेर २८१०.०४ विन्दुमा पुगेको हो। यो समयमा ६५ वटा स्क्रिप्सको ५ हजार ६४९ कित्ता सेयर ३४ लाख ४४ हजार ६४६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।