काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे ।