काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिर डोजर लगाएर भत्काइएको छ ।
२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार भत्काइएको हो । कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरेको स्थानीयले जनाएका छन् ।
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो । काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्त्वपूर्ण सामग्री बाहिर निकालिएको थियो ।
