काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना पुरूष मृत फेला परेका छन्। शुक्रबार दिउँसो पौने ३ बजेतिर अन्दाजी ६० वर्षीय इन्द्रबहादुर राई मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनको शव फेला परेको जानकारी दिएका छन्। खोला किनारामा शव देखेपछि प्रहरीलाई बोलाइएको थियो।
‘उहाँको पहिचान खुलेको छ। उहाँ इन्द्रबहादुर राई हो। उहाँको परिवार त्यहीँ बस्तीमा बस्नुहुन्छ। तर उहाँ परिवारसँग बस्नुहुन्न,’ उनले भने। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।