काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
विशेषगरी लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्य अभिवृद्धिमा केन्द्रित रहेर दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।
भेटले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।