काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका २९ जना पदाधिकारी पदमुक्त भएका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा (२) को उपदफा (१) बमोजिम यसअघिका राजनीतिक नियुक्ति लिएका सञ्चालक तथा कार्यकारी प्रमुखहरूलाई पदमुक्त गरेको छ ।
सरकारले अध्यादेशमार्फत अर्थ मन्त्रालय अन्तर्गतका २९ जनालाई पदमुक्त गरेको हो । मन्त्रालयले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चाटर्ड एकाउन्टेन संस्था, निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डका सञ्चालक तथा कार्यकारी प्रमुखहरू पदमुक्त गरेको हो ।
पदमुक्त हुनेमा कर्मचारी सञ्चय कोषका अध्यक्ष भूपाल बराल (नेपाल सरकार बहालवाल राजश्व सचिव), सदस्य डा. धनिराम शर्मा सहसचिव, श्री इश्वर कार्की, श्री विनोद थापा रहेका छन् ।
सदस्य प्रा. डा. तारा प्रसाद भुसाल, देवेन्द्र रमण खनाल, कोषको प्रशासक- जितेन्द्र धिताल रहेका छन् ।

नागरिक लगानी कोष अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली, कार्यकारी निर्देशक पर्वत कुमार कार्की रहेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका तीन जना सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी (सहसचिव) श्याम प्रसाद भण्डारी (सहसचिव) रहेका छन् । लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुङ्गेल, पाँचजना सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती र विदुर लुइँटेल, सदस्य पोषराज नेपाल रहेका छन् ।

लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौला, तीन जना सदस्यहरू रविन्द्र राज भण्डारी, क्षेत्र गोपाल प्रधान र
शेषमणी दाहाल सदस्य गणेशराज राई रहेका छन् ।
नेपाल धितोपत्र बोर्डका सदस्य पीताम्बर भण्डारी रहेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषका सदस्य प्रकाश जंग थापा, प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे रहेका छन् ।
नेपाल बीमा प्राधिकरण जीवन बीमा सदस्य डा. गणेश प्रसाद पाण्डे रहेका छन् ।