काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फ एक जना सदस्यका लागि चार जनाबीच गोप्रथा गर्नुपर्ने अवस्था आएको छ ।
आम मंगलबार जारी निर्वाचनको मतपरिणाम अनुसार वस्तुगत सदस्यको नतिजामा अन्तिम चार जनाले समान ५०/५० मत प्राप्त गरेपछि उनीहरूबीच गोलाप्रथाबाट निर्वाचित गर्नेबारे छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार निराजबहादुर चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज वञ्जाडेले समान ५०/५० मत पाएका हुन् ।
कूल १३ जना निर्वाचित हुने यो कलष्टबाट अरनिको राजभण्डारी ((७०), विदुर धमला (६८), सागर ढकाल (६८), राजकुमार कार्की (६७), रविन पुरी (६६), पशुपति देव पाण्डे (६२), लिलेन्द्र प्रसाद प्रधान (६२), भक्तबहादुर हमाल (५६), नानिराज घिमिरे (५२), एवबहादुर मगर (५१), संघर्ष विष्ट (५१) र होम प्रसाद घिमिरे (५१) मतसहित निर्वाचित भएका छन् ।
१३ जना निर्वाचित हुने यो कलष्टरमा २६ जनाको उम्मेदवारी परेको थियो ।

पूरा मत परिणाम हेर्न यहाँ क्लिक गर्नुहोस् ।
