काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसिएट्स उपाध्यक्षमा लोमस फर्मास्युटिकल्स प्रालिका प्रवल जंग पाण्डे निर्वाचित भएका छन् ।
वहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई ३२९ मतान्तरले पछि पार्दै पाण्डेले शानदार जित हासिल गरेका हुन् । पाण्डे एक हजार ७९ मतसहित विजयी हुँदा उम्मेदवार श्रेष्ठले ७५० मत प्राप्त गरिन् ।
यस्तै, एसोसिएट्सबाट महिला सदस्यमा जुना माथेमा (सेवा सेक्युरिटिज प्रालि) र अभिज्ञा मल्ल (सन फिटिङ प्रालि) निर्वाचित भएका छन् । उनीहरूले क्रमश: एक हजार १४३ र एक हजार ७९ मत प्राप्त गरेका छन् ।
उनीहरूका प्रतिस्पर्धीद्वय शोभा ज्ञवालीले ७२१ र जमुना पौडेलले ७०२ मत प्राप्त गरेका छन् ।
स्वत: अध्यक्ष बने अञ्जन श्रेष्ठ

निर्वाचनको सम्पूर्ण विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
