काठमाडौं । सरकारले बैशाख २८ गते संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्नका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।