काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (ललितपुर) ले राजधानी दैनिकले ‘सी ग्रेड’ को पत्रकारिता गरेको बताएका छन् ।
संसद बैठकको सुरूमै सांसद खरेलले आफ्नाविरुद्ध स्मार्ट टेलिकमसँग जोडेर लेखिएको समाचार पूर्णत: झुटो रहेको दाबी गर्दै उक्त पत्रिकामाथि प्रेस काउन्सिलमार्फत कारबाही गर्न सञ्चारमन्त्रीलाई आग्रह समेत गरेका छन् ।
लेखिएको समाचार पुष्टि गर्न नसके उक्त पत्रिका बन्द गर्ने ल्याकत राख्न सो पत्रिकाका सञ्चालक र सम्पादकलाई चेतावनी दिएका छन् ।
सांसद खरेल पूर्व सञ्चारमन्त्री पनि हुन् ।