कर्जा असुली गरी सहकारी बचतकर्ताको रकम फिर्ता गरिने
कर्पोरट खबर
4:52 pm, सोमबार, वैशाख २८, २०८३
- सरकारले समस्याग्रस्त सहकारीको कर्जा असुली गरी बचतकर्ताको रकम फिर्ता दिने घोषणा गरेको छ।
- बचत फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने नीति आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गरिएको छ।
काठमाडौं । सरकारले कर्जा असुली गरेर सहकारी बचतकर्ताको रकम फिर्ता दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने सरकारको नीति छ ।