काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ ।
न्यू बिजनेस एज लिमिटेडद्वारा वैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ ।
यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक महानुभावहरु, सेयरधनी महानुभावहरु, सम्पूर्र्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
यस विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ईर्मजिङ् एसिया बैंकिङ् अवार्डमा उत्कृष्ट बैंक / उत्कृष्ट एआई/एमएल कार्यान्वयन विधामा उत्कृष्ट सहित सर्वश्रेष्ठ एमएसएमई एक्सेलेरेशन विधामा उपविजेता र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा”कर्पोरेट उत्कृष्टताका लागि मानव संसाधन पुरस्कार २०२४’बाट समेत सम्मानित भईसकेको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
