काठमाडौं । भिभोले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी७० एफई सार्वजनिक गरेको छ ।
२०० एमपी ट्राभल पोट्रेट क्यामेरासहित आएको यो फोनलाई विशेष गरी यात्रा, फोटो तथा भिडियो कन्स्टेन्ट क्रिएसनमा केन्द्रित प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार भी७० एफईको मुख्य आकर्षण २०० मेगापिक्सेल ओआईएस अल्ट्रा–क्लियर क्यामेरा हो, जसले उच्च डिटेल र स्पष्टतासहित फोटो खिच्न सक्षम बनाउँछ । अगाडि ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेरा राखिएको छ, जसले ग्रुप सेल्फी र भिडियो कललाई थप सहज बनाउने बताइएको छ । अगाडि–पछाडि दुवै क्यामेरामा ४के स्टेबल भिडियो रेकर्डिङ सुविधा उपलब्ध छ ।
फोनमा एआई इमेजिङ फिचरहरू समेत समावेश गरिएको छ, जसमा एआई म्याजिक ल्याण्डस्केप, स्नो टाउन र अरोरा इफेक्ट जस्ता टुलले साधारण तस्बिरलाई पनि सिनेम्याटिक लुक दिन सक्ने कम्पनीको दाबी छ ।
डिजाइनका हिसाबले पनि डिभाइस प्रिमियम सेग्मेन्टमा राखिएको छ । ओसियन ब्लु र म्युज पर्पल कलर विकल्पमा उपलब्ध फोनमा १.८६ एमएमको पातलो बेजल र ७.५९ एमएम स्लिम बडी रहेको छ ।

पावर सेक्टरमा ७००० एमएएच ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज टेक्नोलोजी दिइएको छ, जसले लामो समय प्रयोग र छिटो चार्जिङ सुविधा दिने बताइएको छ । साथै १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले भिजुअल अनुभवलाई अझ स्पष्ट बनाउने कम्पनीको भनाइ छ ।

नेपालमा यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ:

८ जीबी + २५६ जीबी : रु. ६२,९९९
१२ जीबी + २५६ जीबी : रु. ७२,९९९
कम्पनीले पहिलो १,००० ग्राहकलाई नि:शुल्क इयरबड्स र सीमित ग्राहकका लागि सस्तो प्रोटेक्सन प्लान अफरसमेत घोषणा गरेको छ । साथै १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामा पनि फोन उपलब्ध हुनेछ ।