काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१९ अंकले घटेर २७२६.९८ विन्दुमा पुगेको छ।
यो समयमा ५० वटा स्क्रिप्सको १ हजार ९६२ कित्ता सेयर १२ लाख ३ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। बाँकी ३ समूहको उपसूचक यो समयमा स्थिर रह्यो।