साउनबाट सिनेमाको छायांकन सुरु हुनेछ । नेपालसँगै युरोप र अस्ट्रेलियामा समेत सिनेमाको छायांकन हुने निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन् । उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए ।
सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमालाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । यो चलचित्रमा शरद महतोको डीओपी रहनेछ ।