काठमाडौं । विपक्षीको नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही अघि बढाएका छन् । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा विपक्षी वेल घेराउमा पुगेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सिटबाट उभिएर विरोध गरिरहेको छ । विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन् ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेपछि सभामुखले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका थिए । तर, प्रधानमन्त्रीले आउने समय नदिएपछि सभामुखले पेलेरै सदन अघि बढाएका हुन् ।
वेलमा रहेका प्रतिपक्षीले निरंकुश प्रवृत्ति मुर्दावाद, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।