राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले अर्थमन्त्रीसँग छलफल गर्दै
कर्पोरट खबर
8:15 am, शुक्रबार, जेठ ८, २०८३
- राष्ट्रिय सभाको विकास तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे बस्दै छ।
- बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाबारे छलफल गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाइएको छ।
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजेदेखि शुरु हुने समितिको बैठकमा आगामी आव २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
बैठकमा समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई छलफलका लागि बोलाएको जानकारी दिएको छ ।