काठमाडौं, भदौ १५ – जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ ।
FACEBOOK COMMENTS