काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ९२ हजार ८ मा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार १० मा कारोबार भएको थियो ।