काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान सार्वजनिक गरेको छ ।
कम्पनीले ‘डाइन विथ द डिभाज–एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।
यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्दछ ।
यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम एक हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरू नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागु हुनेछ ।
अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने, “मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ । ’डाइन विथ द डिभास’ मार्फत हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सिधै पुर्याउन चाहन्छौँ । आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्नुहुने हाम्रा ग्राहकहरूप्रति कृतज्ञता स्वरूप हामी उहाँहरूलाई एक अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहन्छौँ ।”

यो अभियान २०८३ जेठ १० देखि जेठ २५ गतेसम्म सात सहरमा रहेका कजारियाका सोरुमहरूमा सञ्चालन हुनेछ । यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम तथा सर्तहरू लागु हुनेछन् ।
