काठमाडौं( नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभामा सदस्य बन्न तयार भएका छन् ।
पार्टी सचिवालयले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको उनले बताएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब परेको छ ।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदी अनुसार राष्ट्रियसभाको रिक्त पदमा गौतम जान तयार भएका हुन्। ‘पार्टीको संस्थागत निर्णय मान्न तयार हुनुहुन्छ। कार्यदलले पनि सरकारले पार्टीको निर्णयअनुसार निर्णय लिने सुझाव दिएको छ’, सुवेदीले भने।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिँदै आएकोमा गौतमले नै मुख फोरेपछि ओली दबाबमा परेका छन् ।
१४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो। सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो।
FACEBOOK COMMENTS