काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रमा आशा जगाएको प्रतिक्रिया दिएका छन् ।
आज शुक्रबार सरकारले बजेट प्रस्तुत गरेपछि कर्पोरेट खबरसँग कुरा गर्दै उनले बजेटले व्यवसायी तथा लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गरेको बताएका हुन् ।