काठमाडौं, भदौ १६ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।
सरकारले लकडाउनको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।
दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।
FACEBOOK COMMENTS