काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
शनिबार प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै गुरुङले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका हुन् ।
त्यसअघि गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए । मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का बासिन्दा हुन् ।
तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गएराति ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पूर्व गृहमन्त्री सुधन गुरुङ पुगे बालाजु प्रहरीमा