ललितपुर । म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा उनले पुनर्निर्माण भइसकेका मठमन्दिर र पुनर्निर्माणको अन्तिम चरमा पुगेका मठमन्दिरको बारेमा रुचिपूर्वक सोधखोज गरेका थिए । उक्त अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्काएका सबै सम्पदाको पुनर्निर्माणको काम लगभग सम्पन्न भएको बताए ।
महानगर प्रमुख महर्जनले मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रष्ट पारे । नगर प्रमुख महर्जनले मूर्तसँगसँगै अमूर्त सम्पदा संरक्षणमा समेत महानगरले त्यतिकै ध्यान दिएको बताए । मूर्त सम्पदा भन्नाले मठमन्दिर बुझाउँछ भने अमूर्त सम्पदा अन्तर्गत जात्रा,नाच पर्छन् । म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले ललितपुरका प्रभावित भएको बताए ।
उनले ललितपुरको चिनारी कला र संस्कृति भएको बताउँदै यसको संरक्षणमा ललितपुर महानगरले देखाएको चासोको प्रशंसा गरे । पाटन दरबार क्षेत्रको अवलोकन कार्यक्रमा सिटी हस्पिट्लिटीका प्रबन्ध निर्देशक राहुल चौधरी पनि सहभागी थिए ।
उनी दि रिज्ज काल्र्टन र दि वेस्टिन होटल निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम गरिने सहभागी हुन म्यारियट नेपाल आएका हुन् । सिजी हस्पिट्लिटी र म्यारियट इन्टरनेशनलबीचको सहकार्यमा दि रिज्ज काल्र्टन र दि वेस्टिन होटल काठमाडौंमा निर्माण हुँदैछन् ।
