काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद एवम् वैज्ञानिक डा. महावीर पुनले संसद् बैठकमा सहभागी हुन केही मिनेट ढिलो भएपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा माफी मागेका छन् ।
संसद् भवन जाँदै गर्दा बाटोमा सवारी जाममा परेपछि उनी तोकिएको समयभन्दा केही ढिलो बैठकस्थल पुगेका थिए ।
सांसद पुनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट राख्दै संसद्लाई ‘क्लास’ र आफूलाई ’‘विद्यार्थी’ को रूपमा प्रस्तुत गरेर आफ्नो ढिलाइबारे जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘ट्राफिक जामले गर्दा आज संसद्को क्लासमा यो बिधार्थी ९ मिनेट ढिलो भयो । माफ गर्नुहोला ।’
राजनीतिक नेता तथा जनप्रतिनिधिहरू समयको पालना नगर्ने र बैठकहरूमा ढिलो गरी पुग्ने आम प्रवृत्ति देखिरहेका बेला, सांसद पुनले जम्मा ९ मिनेट ढिलो हुँदा पनि देखाएको यो जबाफदेहिता र इमानदारितालाई सकारात्मक रूपमा लिनुपर्दछ ।
