काठमाडौं । साताको सुरुआतमै सेयर बजार नकारात्मक देखिएको छ ।
सोमबार बजार २०.२७ अंकले घटेको हो । योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ ।
बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ ।
६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटकमा खरिद–बिक्री भएको हो ।

कालिञ्चोक हाइड्रो, क्रेस्ट माइक्रोलाइफ, सोपान फर्माटिकल्स, सामुदायिक लघुवित्त, सिभिल बैंकलगायत कम्पनी शीर्ष कमाउनेमा परे ।

समूहगत सूचकतर्फ फाइनान्स समूह ०.२६ प्रतिशतले घटेको छ । बाँकी समूह राताम्मे देखिएका छन् ।