काठमाडौं । यशोधा फुड्स प्रालिले ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्रामको चाउचाउ बाहेकका सबै उत्पादन निर्वाद रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
कम्पनीले आज सूचना जारी गर्दै उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए चाउचाउ बाहेक अन्य सबै ब्याचका उत्पादन निर्वाध रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
कम्पनीले उपभोक्ता, खुद्रा विक्रेता तथा अधिकृत वितरकहरूलाई आफ्ना उत्पादन ढुक्क भएर प्रयोग गर्न भनेको छ ।