काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिका विषयमा विपक्षी दलको बैठक बस्ने भएको छ ।
प्रमुख सचेतक र सचेतकको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।
अहिले दिउँसो ३:१५ बजे बैठक बस्ने कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए ।
‘नेपालले पनि भारतको जग्गा’ मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्तिको विरोधमा विपक्षी सांसदले संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् ।