काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले गर्मी मौसम र आगामी फुटबल विश्वकपको उत्साहलाई लक्षित गर्दै ’भिभो समर सरप्राइज’ नामक विशेष अभियान सुरू गरेको छ।
जेठ २५ देखि असार २३ सम्म सञ्चालन हुने यस अभियान अन्तर्गत नेपालभरका आधिकारिक भिभो रिटेल आउटलेटहरूबाट भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार प्राप्त गर्नुका साथै मेगा लक्की ड्रमा स्वत: सहभागी हुने अवसर पाउनेछन्।
अभियानमार्फत ग्राण्ड प्राइजका रूपमा भिभो वाई ३१ डि, भिभो भि७० एफ ई तथा ५५ इन्चको स्मार्ट टिभी जित्न सकिनेछ।
यी पुरस्कारहरूले आगामी विश्वकपको फुटबल अनुभवलाई अझ रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनालले अभियानबारे प्रतिक्रिया दिँदै भने, ’हामी निरन्तर रूपमा ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। भिभो समर सरप्राइज’ मार्फत हामी आकर्षक उपहार तथा मेगा पुरस्कार जित्ने अवसर प्रदान गर्दै स्मार्टफोन प्रयोग अनुभवलाई अझ उत्साहजनक बनाउन चाहन्छौं।’

कम्पनीका अनुसार भिभोले वर्षौंदेखि नवप्रवर्तनशील डिजाइन, उन्नत क्यामेरा प्रविधि र भरपर्दो प्रयोगकर्ता अनुभवमार्फत नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ।
यो अभियानले ग्राहकहरूमा थप उत्साह सिर्जना गर्नुका साथै ब्रान्डको मूल्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

ग्राहकहरूले जेष्ठ २५ देखि असार २३ सम्म नजिकको आधिकारिक भिभो रिटेल आउटलेटमा गई अभियानमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।