काठमाडौ । काभ्रेपलाञ्चोकमा भएको यात्रुवाहक बस दुर्घटनाको कारण पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाको सत्यतथ्य छानबिन गरी दुर्घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको छ।
आज नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
सरकारले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।


